पाल्पामा घडेरी खन्दा भेटियो ठूलो संख्यामा तोपका गोला

पाल्पा : पाल्पामा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्।तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। अहिलेसम्म ३०० गोला फेला परेका छन्। अझै भेटिने क्रम रहेको उनले बताए।

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ।नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीले जनाएको छ। अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ। फेला परेका गोला यहाँ के कसरी राखिएको थियो भन्नेबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

समाचार समाज