अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्समा दंगा

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यान आक्रोशित भएका छन्। फ्रान्सको राजधानी पेरिसमा हजारौँ समर्थकले दंगा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फ्रान्सका समर्थकले सवारीसाधन तोडफोड र आगजनी गरेका छन्। पेरिसमा मात्र होइन हिंसा अन्य शहरमा पनि फैलिएको थियो।स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छोड्नुपरेको थियो। पेरिसमा हजारौँ प्रहरी तैनाथ गरिएको छ। लियोन, निसमा पनि हिंसात्मक घटना भएको प्रहरीले जनाएको छ। पेरिसको चर्चित च्याम्प्स एलिसिजमा पनि फ्यान आपसमा भिडेका थिए।

फ्रान्सको खेल हेर्न फ्रान्सेली शहरमा लाखौँ प्रशंसक सार्वजनिक स्थानमा भेला भएका थिए। तर, अर्जेन्टिनासँग ४–२ ले पराजित भएपछि उनीहरू आक्रोशित बने। आक्रोशित जमातले प्रहरीसँग झडपसमेत गरेका छन्। धेरै मानिसलाई हिरासतमा राखिएको छ। फ्यानलाई नियन्त्रण गर्न धेरै ठाउँमा वाटर क्यानन पनि प्रयोग गरिएको सञ्चारमाध्यमले जनाएका छन्।

अन्तराष्ट्रिय खेलकुद