पूर्वमन्त्री आलेलाई मातृशोक

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ। 

आइतबार बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आलेकी आमा ७८ वर्षीया गंगादेवीको निधन भएको उनको परिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गत मंसिर ११ गते गंगादेवीलाई डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो।

मुख्य समाचार राजनीति समाचार