बागमती प्रदेशमा सर्वदलीय बैठक आह्वान

हेटौंडा । बागमती प्रदेशस सभा सचिवालयले यहि पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने सर्वदलीय बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।
सांसदहरुको सपथ ग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले सपथ ग्रहणअघि सर्वदलिय बैठक आह्वान गरेको हो । निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरुको अन्तिम मत परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएसँगै संसद् सचिवालय सांसदहरुको सपथमा जुटेको छ । 
निर्वाचन आयोगको सहयोगमा बागमती प्रदेशका ११० जना प्रदेश सभा सदस्यमध्ये जेष्ठ सदस्य पहिचान गरेको सचिवालयले सोही विषयमा छलफलका लागि आगामी पुस ८ गते सर्वदलीय बैठक बोलाइएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । 
सचिव खड्काका अनुसार बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य छन् । 
प्रदेश सभामा सभामुख र उपसभामुख नहुँदाको अवस्थामा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था अनुसार ढुंगानाले बागमती प्रदेश सभाको दास्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता गर्ने सचिव खड्काले बताए । ढुंडानालाई प्रदेश प्रमुखले शपथ गराउँने र जेष्ठ सदस्य ढुंगानाले बाँकी प्रदेश सदस्यलाई शपथ गराउने सचिव खड्काले जानकारी दिए ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति