जसपाका सांसदहरुले मातृभाषामा सपथ लिने

जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभातर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन्। जस अनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने छन्। 

राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की र  रेखा यादवले नेपाली भाषामा सपथ लिने जसपाले जनाएको छ। सांसदहरुको भोलि सपथ हुुँदैछ। संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेले नाम पठाउन आग्रह गरेको थियो। 

मुख्य समाचार राजनीति समाचार