तेस्रो पटक सर्‍यो नेपाल टी-२० लिग

नेपाल क्रिकेट संघ (क्यान) को अक्षमताका कारण बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल टी-२० लिग तेस्रो पटक सरेको छ। शुक्रबार शुरु हुने तय भएको प्रतियोगिता फेरि अनिश्चित भएको हो।क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता शुक्रबार शुरु नहुने जानकारी दिए। उनले प्रतियोगिता गर्ने नयाँ मिति बिहीबार साँझसम्म तय गरिने बताए।उनले भने‚ ‘हामीले जिम्मेवारी दिएको कम्पनीले तयारी सोचेअनुरुप नगर्दा तोकिएको दिन नै प्रतियोगिता गर्ने सम्भावना कमजोर बनेको छ। अहिले हामी छलफल गरिरहेका छौं। १/२ दिन भित्रमा नै प्रतियोगिता गर्नेछौं।’ 

उनले धेरै लामो समयसम्म प्रतियोगिता स्थगित नहुने भन्दै लामो समयसम्म नहुने सम्भावना भएमा कम्पनीसँगको सम्झौता अन्त्य गर्ने बताए। उनले भने‚ ‘हामी धेरै समय कुर्न सक्दैनौं। धेरै समय लाग्ने सम्भावना देखिएमा हामी सम्झौता अन्त्य गर्ने छौं।’

अन्तराष्ट्रिय खेलकुद