प्रचण्डको नेतृत्वमा नयाँ सरकार, बहुमत सांसदकाे हस्ताक्षर राष्ट्रपतिलाई बुझाइयो

काठमाडौं : नेकपा माओवादी केन्द्रले बहुमतसहित सरकारको नेतृत्वमा दाबी पेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६७ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन्। माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार