अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्षको शुभारम्भ पौष १७ मा

 

१४ पौष,मकवानपुर- संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष (इन्टरनेशनल एयर अफ मिलेट्स) मनाईने भएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग अन्तर्गत रहेका बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र हरिहरभवन श्रीमहल, ललितपुरको आयोजनामा मनाउन लागिएको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।

यही पौष १७ गते अर्थात जनवरी १ मा कृषि विभागको सभाहलमा अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष २०२३ को नेपालमा औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

कोदोजन्य बालीहरुको महत्व एवम् गुणबारे प्रचार प्रसार गरि आम सरोकारवालाहरु वीच यसवारे सचेतना अभिवृद्वि मार्फत कोदोजन्य बालीको उत्पादन, उपभोग र मूल्य श्रृंखला विकासमा टेवा पुर्याई दिगो र उत्थानशील खाद्य तथा कृषि प्रणालीको विकासमा योगदान पुर्याउने कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।

कार्यक्रममा विशिय्ट व्यक्तित्वहरु, सरकारी तथा गैर सरकारी संघ संस्था, निजी क्षेत्र, सञ्चारकर्मी, सहकारी, समूह, कृषक लगायत आम सरोकारवालाहरूको सहभागीता रहने जनाइएको छ ।

मुख्य समाचार विज्ञान प्रविधि समाज