वागमतीमा सात मध्ये ६ दलले संसदीय दलको नेता चयन गरे

हेटौँडा । बागमती प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ वटा दलले संसदीय दलको नेता चयन गरेका छन भने नेकपा एकिकृत समाजवादीले भने अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन् ।बागमती प्रदेशको ठुलो दल नेपाली कांग्रेसले निर्वाचन मार्फत संसदीय दलको नेता चयन गरेको छ । कांग्रेसले नुवाकोटबाट विजयी बहादुर सिंह लामालाई नेतामा निर्वाचित गर्दा अन्य दलहरुले भने सर्वसम्वत तरिकाले नेता चयन गरेका छन् ।

नेकपा एमालेले चितवनबाट निर्वाचित जगन्नाथ थपलियालाई नेता चयन गर्दा माओवादी केन्द्रले धादिङबाट निर्वाचित शालिकराम जम्कट्टेललाई संसदीय दलको नेता चयन गरेको छ । राप्रपाले काठमाण्डौँबाट निर्वाचित उद्धब थापालाई नेता चयन गर्दा नेपाल मजदुर किसान पार्टीले भक्तपुरबाट बिजयी सुरेन्द्रराज गोसाईलाई दलको नेता चयन गरेको छ । त्यस्तै हाम्रो नेपाली पार्टीले काठमाण्डौँबाट विजयी शैलेन्द्रमान बज्रचार्यलाई दलको नेता बनाएको छ ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार