न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार, भोलि फाइनल गरिने

सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार भएको छ।उपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलका संयोजक विष्णु पौडेलले भोलि शुक्रबार मस्यौदालाई अन्तिम रुप दिइने बताए। सरकारमा सहभागी भएका दलहरूका सुझावलाई समेटेर साझा कार्यक्रम बनाइएको उनले बताए। ‘सत्ता साझेदार सबै दलका सुझाव समेटेर हामीले ड्राफ्ट तयार गरिसकेका छौं। आज नै टुंग्याउने भन्ने थियो तर कार्यदलका सदस्य माननीय वर्षमान पुन अस्वस्थ भएर बैठकमा उपस्थित हुन नसकेपछि बैठक भोलिलाई सारेका छौं।’ कार्यदलका संयोजक पौडेलले भने, ‘भोलि बिहान ११ बजे बस्ने बैठकबाट हामी सबै विषय सक्छौं।’उनले सत्ता साझेदार दलका शीर्ष नेतालाई बुझाएपछि मात्रै साझा कार्यक्रममा समेटिएका विषयवस्तु बारे संचारकर्मीलाई जानकारी गराउने बताए। 

मुख्य समाचार राजनीति समाचार