प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आव्हान

वाग्मती प्रदेशमा नयाँ सरकार गठनका दावी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आव्हान गरेका छन् ।११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । वाग्मतीमा सातवटा दलको प्रतिनिधित्व रहेको छ ।

विहीबार प्रदेश प्रमुख यादबचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्क्री नियुत्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आव्हान भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्क्री नियुत्त गर्नका पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आव्हान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार