मन्त्रिपरिषद्‌ बैठक : राष्ट्रियसभाको बैठक २५ माघमा हुने

आज बसेको मन्त्रिपरिषद्‍ बैठकले राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने निर्णय गरेको छ।  राष्ट्रियसभाको उपनिर्वाचनका लागि यसअघि नै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग परामर्श तथा छलफल गरिसकेका थिए।   लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएसँगै उनको उक्त स्थान रिक्त छ। त्यही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर एमालेबाट प्रतिनिधिसभाको सांसद उठ्न लागे पनि पार्टीबाटै दोहोरो उम्मेदवारीका कारण उनले उम्मेदवारी दिन पाएका थिएनन्।

मुख्य समाचार राजनीति समाचार