कांग्रेसको समर्थन जाल हो भने माछा पर्नेवाला छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै जालझेल रचेर कांग्रेसले सरकारलाई समर्थन गरेको भए त्यो पूरा नहुने बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा मंगलबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै ओलीले कांग्रेसको समर्थन सदासयताबाहेक केही होइन भने स्वागतयोग्य भएको बताए। 

‘सरकारलाई कांग्रेसको समर्थन सदासयताबाहेक केही होइन भने स्वागतयोग्य छ’, ओलीले भने, ‘यदि यसभित्र भोलिका निम्ति केही सोचिएको छ र जाल हो भने म चन्न चाहन्छु,माछा नभएको खोलामा जाल हानेजस्तै हुनेछ। केही हात पर्नेवाला छैन।’

यद्यपि उनले सरकारलाई समर्थन गरेकोमा कांग्रेसलाई धन्यवाद दिए। उनले कांग्रेसले प्रजातन्त्रमा एउटा नयाँ भाष्य स्थापित गरेको टिप्पणी गरे।

‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ उनले भने, ‘नयाँ इन्टरप्रिटेसन छ ।’

मुख्य समाचार राजनीति समाचार