अब विश्वविद्यालय भद्रगोल बन्दैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालय भद्रगोल नहुने बताएका छन्। मंगलबार दाहालले विश्वासको मत लिँदै हाल देखिएको बेथिति अन्त्य गर्ने बताएका हुन्।उनले भने, ‘शिक्षामा व्यापक सुधार गरिनेछ। विश्वविद्यालय भद्रगोल हुँदैन‚ अब बन्दैन।’ त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा भएको वर्ष दिन बित्दा पनि अझै नतिजा दिन सकेको छैन भने उत्तरपुस्तिका हराएपछि पुन: परीक्षा समेत लिएको छ।

नेपाल खुला विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरू वर्षौदेखि डीन विहीन छन्।  

मुख्य समाचार राजनीति