प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्।  प्रधानमन्त्री  प्रचण्ड  बुधबारबाट  सुरु  हुने  ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्।  

खेलकुद मैदान हरटारीमा महोत्सवको  आयोजना  हुँदै  छ।  यसैबीच  प्रधान  सेनापति प्रभुराम शर्मा पनि गोरखा जाँदैछन्।  गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन्।  सोही  अवसरमा  नेपाली  सेनाले  परम्परागत  पोसाकमा परेड प्रदर्शन र राष्ट्रनिर्माताप्रति सलामी अर्पण गर्ने कार्यक्रम छ। 

गोरखा  निर्वाचन  क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन्।   

गण्डकी प्रदेश प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार