पावस दुग्ध सहकारी बकैयामा दोबनाथ पाण्डेको अध्यक्षतामा नयाँ संचालक समिति

२९ पौष,मकवानपुर- मकवानपुर जिल्ला बकैया गाउँपालिकाको पावसमा रहेको पावस दुग्ध उत्पादक सहकारी संस्थामा नयाँ संचालक समिति चयन गरिएको छ ।

संस्थाको आज सम्पन्न भएको ११ औ वार्षिक साधारणसभाबाट दोबनाथ पाण्डेको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत चयन गरिएको हो । त्यस्तै समितिको उपाध्यक्षमा अर्जुन प्रसाद घोरासाईनी, काेषाध्यक्षमा पबन सिंह गुरूङ र सचिवमा युकेश देबकाेटा चयन हुनुभएको छ ।

सदस्यहरुमा कल्पना देबकाेटा, सुभद्रा बि. क, राजकुमार बानिया,कृष्ण प्रसाद दहाल र प्रमिला राई चयन गरिएको छ ।

त्यसैगरी भेलाले लेखा समितीको संयाेजकमा हरिहर खनाल र सदस्यहरुमा,युबराज थापा र सावित्री दहाललाई चयन गरेको संस्थाका ब्यवस्थापक युवराज लामिछानेले बताउनुभयो ।

संस्थाका कार्यबाहक अध्यक्ष डम्बरी कुमारी गिरिको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

मुख्य समाचार समाचार सहकारी