सभामुखमा गठबन्धनबाट एमालेका घिमिरेद्वारा उम्मेदवारी दर्ता

 नेकपा एमालेका  देवराज घिमिरेले सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। बुधबार दिउँसो संघीय संसद् भवनमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्। 

सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री राजेन्द्र लिङदेन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन्।

प्रतिनिधिसभामा समामुखको निर्वाचन माघ ५ गते (भोलि) हुँदै छ। प्रतिनिधिसभा बैठक पनि भोलि बिहान ११ बजेका लागि बोलाइएको छ।

एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलोपटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। हाल एमाले प्रदेश नम्बर १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनले २०५६ सालमै राष्ट्रियसभाको सांसद भएका थिए।

मुख्य समाचार राजनीति समाचार