बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

मकवानपुर – बाग्मती प्रदेशका केही मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना छन् तर, नाम र फोटो अर्कैको राखिएको पाइएको छ । मन्त्रालयकाे आधिकारिक वेबसाइट हेर्दा यस्तो फेला परेको हो । 

अझ प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आधिकारिक वेबसाइटमा दुई जनालाई मन्त्री बनाएर राखिएको छ । एक जना मन्त्री सचिवभन्दा माथि अहिलेका मन्त्रीलाई तहगत रुपमा सचिवभन्दा मुनि राखिएको छ । 

कृषि मन्त्रालयको वेबसाइटमा पनि मन्त्रीका रुपमा दुई जनाको फोटो राखिएको छ । अझै पनि मन्त्रीका रुपमा मुख्यमन्त्री तथा मन्त्री भनेर शालिकराम जम्मकट्टेलको नाम छ र फोटो पनि उहाँकै राखिएको छ । मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेको फोटोभन्दा माथि मुख्यमन्त्री तथा मन्त्री समेत भनेर जम्मकट्टेलको फोटो राखिएको छ ।

वेबसाइटमा सचिवको भन्दा मुनि प्रवक्ताको तस्बिर र नाम राखिँदै आएको ठाउँमा फेरि मन्त्री केशवप्रसाद पोख्रेलको नाम र फोटो राखिएको छ । एउटै मन्त्रालयमा दुई जना मन्त्री भनेर फोटो राखिएको वेबसाइट भिजिट गर्नेहरु बताउँछन् । 

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार