विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

 नेपाली कांग्रेस नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग जाने भएका छन्। नेता श्रेष्ठ आज बिहान ११ः३० बजे निर्वाचन आयोग जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खालि रहेको छ। 

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार हुनुभएका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए।

लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग उनको छ।

मुख्य समाचार राजनीति समाचार