सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

२१ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा भोलानाथ दाहाल चयन भएका छन् ।

विद्यालयको यहि माघ १५ गते सम्पन्न भएको ४७ औं वार्षिकोत्सब तथा २८ औं अभिभावक भेलाबाट नयाँ समिति चयन भएको हो ।

समितिको सदस्यहरुमा राजकुमार पुडासैनी, सङ्गिता बर्तौला, सानुमाया मैनाली, बिष्णु कुमारी पाख्रीन र सानुकान्छा वाइवा रहेका छन् ।

त्यसैगरी वडा प्रतिनिधिका तर्फबाट वडा सदस्य बिदुर हुमागाईं, शिक्षक प्रतिनिधिमा हरि प्रसाद दहाल र सदस्य सचीवमा प्रधानाध्यापक विष्णु प्रसाद सापकोटा रहनुभएको छ ।

शिक्षा समाचार समाज