स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

 

हेटौंडा / बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले स्वदेशमानै स्वरोजगार बन्नका लागि तालिम आवस्यक रहेको र प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने वताउनुभएको छ ।

व्यावसायीक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले आयोजना गरेको ६ महिने कम्प्युटर, जनरल मेकानिक, र तीन मिहने बिद्युत जडान, प्लम्मिङ, केश शृगार, शिलाइकटाइको तालिमको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्वदेशमानै स्वरोजगार बन्नेगरी सीप सिक्नका लागि समेत सहभागी
हरुलाइ आग्रह गर्नु भएको हो ।

एडभान्स तालिमपछी युवाहरु स्वरोजगार बन्नुपर्ने र यसकालागि प्रदेश सरकारले सबैखालको सहयोग गर्ने मन्त्री श्रेष्ठले वताउनुभयो ।
तालिम लिएपछी त्यसको सहि सदुपयोग गरि काममा जोडिन समेत मन्त्री श्रेष्ठले प्रशिक्षार्थीहरुलाइ आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिब सुरेस राउत, केन्द्रका प्रशिक्षक फडिन्द्र तिमल्सीना, लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम व्यावसायीक तथा सीप विकास तालिम केन्द्र हेटौंडाका प्रमुख देवराज चौलागाईंको अध्यक्षतामा भएको हो ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज स्थानीय