दुग्ध सहकारी संघ मकवानपुरको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया

२३ माघ,हेटौंडा- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आज हेटौंडामा अर्धवार्षिक समिक्षा गरेको छ । जिल्लाका प्रारम्भिक दुग्ध सहकारीहरुका ब्यवस्थापकहरुको उपस्थितिमा समिक्षा गरिएको हो ।

मकवानपुर जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहालको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघका नि-वर्तमान अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि देवकोटाले सहकारीहरु निति, विधि र प्रविधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो । दुग्ध सहकारी मार्फत करोडौं रकम शहर बाट गाउँ जाने गरेको भन्दै दुग्ध सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरु अब कर्मकाण्डी मात्र हुन नहुने भन्दै सहकारीको लेखा प्रणाली एवम् प्रविधिको प्रयोगमा सक्षम हुनुपर्ने बताउनुभयो । सरकारी तथा अन्य निकायले दिने विभिन्न अनुदान प्राप्त गर्न समयमै संस्थाको साधारणसभा हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।

सोही कार्यक्रममा ‘डेरी उद्योगहरुको वर्तमान अवस्था र भविस्य’ विषयकमा अन्तरक्रिया गरिएको थियो । केन्द्रिय दुग्ध सहकारी संघको संयोजनमा सेसी नेपालका भोलिन्टियर डेरीविज्ञ डाक्टर विनोद प्रसाद गुप्ताले अन्तरक्रियाको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका सदस्य बासुदेव अधिकारी , जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल , उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा , दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बलराम घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो ।

समिक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न करिब ४० वटा प्रारम्भिक दुग्ध सहकारीका ब्यवस्थापकहरुको उपस्थिति रहेको थियो । संघले हरेको महिनाको २३ गते जिल्ला भरिका दुग्ध सहकारी संस्थाका ब्यवस्थापकहरुको नियमित बैठक तथा ३-३ महिनामा समिक्षा बैठक गर्दै आएको छ ।

मुख्य समाचार समाज सहकारी