प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारको जिम्मेदवारी रुपक सापकोटाले पाएका छन्। 

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै परराष्ट्र सल्लाहकारको रुपमा काम गर्दै आइरहेका सापकोटा फागुन १ गतेदेखि औपचारिक रुपमा नियुक्त भएका हुन्। 

नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा जानकार रहेका सापकोटा अग्नि सापकोटाका छोरा समेत हुन्। 

यस्तै प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल, मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सुर्य किरण शर्मा नियुक्त, स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी, प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन्।

मुख्य समाचार राजनीति