हेटौंडामा खुल्यो एभरेष्ट बार्बर सप, जिल्ला युवा समितिका अध्यक्ष दाहालले गरे अवलोकन र प्रोत्साहन

 

हेटौंडा/ हेटौंडाको युवा उद्यमी तथा व्यवसायी प्रदीप राउत, राज न्यौपाने र प्रमोद घिमिरेले संचालन गरेको एभरेष्ट बार्बर सपको जिल्ला युवा समिति मकवानपुर अध्यक्ष शिवहरि दाहालले अवलोकन र प्रोत्साहन गरेका छन ।

स्वदेशमै उधम गरी युवाको ज्ञान, सीप र उद्यमशीलतालाई राष्ट्र निर्माणमा लगाउने उद्देश्यले हेटौंडा–४, स्कुलरोडमा संचालनमा आएको बार्बर सपको जिल्ला युवा समिति अध्यक्ष दाहालले अवलोकन र प्रोत्साहन गरेका हुन ।

युवासंग सिप, अनुभव र क्षमता भए नेपाली माटोमा नै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उधममा जोडिएका युवाहरु रहेको भन्दै दाहालले आम युवाले राउत र उहाँको टिमको खुलेर प्रशंसा र प्रोत्साहन गर्नुपर्ने बताउनु भयो  ।

अध्यक्ष दाहालले युवाको उद्यमशीलता विकास र व्यवसाय प्रबर्द्धनमा जिल्ला युवा समितिले आवश्यक कार्य सञ्चालन गरिरहेको जानकारी गराउनु भयो । बार्बर सपको अबलोकन कार्यक्रममा युवा अभियान्ता अभि मैनाली र सन्देश गौतमको समेत सहभागीता रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय