साइकल यात्रीलाई जिल्ला युवा समितिको स्वागत 

 

हेटौंडा / पुर्ब मेचीपुलदेखि महाकालीसम्मको साइकल यात्रामा निस्कीएका दुई साइकल यात्रीलाई हेटौंडामा स्वागत गरिएको छ ।  

जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरि दाहालले साइकल यात्री वडा स्तरिय युवा क्लब हेटौंडा—४ का सदस्य राजिब ठाकुर र कृतम गोपालीलाई हेटौंडामा स्वागत गर्नु भएको हो । 
 ‘बाताबरण जोगाऔँ, प्राणी जगतलाई बचाऔँ’ भन्ने मुल नाराका साथ युवाहरुले साइकल यात्रा शुरु गरेका हुन् ।

हिमालय राइडर्स सोसाइटीका सदस्य समेत रहेका दुई साइकल यात्री युवाहरुले २०७९ फागुन ७ गते देखी सुरु गरेको मेची महाकाली यात्राको अध्यक्ष दाहालले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।  

युवा समिती अध्यक्ष दाहालले अहिले आम युवाहरु बेरोजगारी, दुर्ब्यसनी, वैदेशिक रोजगारीको परनिर्भरता लगायतका विभिन्न समस्याबाट ग्रसित भैरहेको सन्दर्भमा युवा क्षेत्रको बिकाश र बाताबरण संरक्षणको लागि सुरु गरेको साइकल यात्रा आफैमा अनुकरणीय रहेकोले सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
स्वागत कार्यक्रममा युवा अभियान्ता अभि मैनाली एवं बाताबरण अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय