दुग्ध सहकारीका अध्यक्ष र ब्यवस्थापकहरु बिच जिल्ला संघको समसामयिक विषयमा अन्तरक्रिया

हेटौंडा- मकवानपुर जिल्लामा रहेका दुग्ध सहकारीका अध्यक्ष र ब्यवस्थापकहरुसँग जिल्ला दुग्ध सहकारी संघले समसामयिक विषयमा अन्तरक्रिया शुरु गरेको छ ।

दुग्ध सहकारीमा आईपर्ने समस्या,दुग्धको मूल्य ,भुक्तानी लगायतका विषयमा अन्तरक्रिया गरिएको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।

संघका अध्यक्ष हरि प्रसाद कडेलको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

क्षेत्रगत आधारमा ३ दिनसम्म गरिने कार्यक्रम अन्तरगत १५ गते जिल्लाको बागमती , बकैया , मनहरी गाउँपालिका तथा साबिक पदमपोखरी गाविस भित्र रहेका सहकारी , १६ गते हेटौंडा उपमहानगरपालिका भित्र रहेका सहकारी र १७ गते मकवानपुरगढी र भिमफेदी गाउँपालिकामा रहेका दुग्ध सहकारीका अध्यक्ष र ब्यवस्थापकहरुसँग अन्तरक्रिया गरिने संघका अध्यक्ष हरि प्रसाद कडेलले बताउनु भएको छ ।

कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका संचालक सदस्य तथा संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी , संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा , संचालक सदस्य कृष्ण प्रसाद चौलागाईं , धन बहादुर कार्की लगायतकाको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार समाचार समाज सहकारी