नाबालिका बलात्कार आरोपमा २ जना किशार पक्राउ

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नाबालिका बलात्कारको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त घटना गत फागुन १७ गतेको भएपनि ढिलोगरी घटना सार्वजनिक भएको हो । प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा १६ र १७ वर्षका किशोर रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जाएको छ । पक्राउ परेका दुबै जनाविरुद्ध बुधबार जबरजस्तीकरणी कसुरमा मुद्दा दर्ता गरेर बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।

घटनाका अभियुक्त समेत नाबालक भएकाले प्रहरीले उनीहरुको परिचय गोप्य राखेका छ । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाज