मकवानपुरगढी-१ आँपटारमा ३ महिने सिलाई कटाई तालिमको शुभारम्भ

१५ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न. १ आँपटारमा प्राविधिक सीप विकास सम्बन्धि ३ महिने सिलाई कटाई तालिमको शुभारम्भ भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा) अन्तर्गत तालिम हुन लागेको हो । तालिममा वडा न. १ का विभिन्न टोलका २२ जना महिलाहरुको सहभागिता रहेको छ ।

बुधबार वडा न.१ का वडाध्यक्ष आईत सिं लोको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ । प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले सिलाई सामाग्रीहरु प्रशिक्षकलाई हस्तान्तरण र सिलाई मेशिन चलाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको कार्यक्रमका संयोजक गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

कार्यकर्ममा वडा सदस्य सुन्तली वि.क., कार्यक्रम संयोजक चन्द्रकान्त चौधरी, उद्यम सहजकर्ता सिता बुढाथोकी, प्रतिमा डाँगी र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

रोचक समाचार समाज स्थानीय