मकै वीउ उत्पादन प्रविधि विषयक ३ दिने तालिम सम्पन्न

१५ चैत,मक्रान्चुली-मकपानपुरगढी गाउँपालिकामा मकैबाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत मकै वीउ उत्पादन प्रविधि विषयक ३ दिने तालिम सम्पन्न भएको छ । यहि चैत १३ गते देखि संचालन भएको तालिम आज (बुधबार) १५ गते समापन भएको हो ।

गाउँपालिकाको वडा न.७, ५ र २ मा गरि जम्म ३० हेक्टर क्षेत्रफलमा वीउ उत्पादनको लागि विभिन्न समूह र सहकारी मार्फत रामपुर कम्पोजिट जातको मकै वीउ लगाउने कार्य भैरहेको छ । वीउ उत्पादनमा संलग्न कृषकहरुलाई लक्षित गरि तालिम संचालन गरिएको हो । तालिममा २५ जना कृषकहरुको सहभागीता रहेको थियो ।

तालिममा वीउ विजन प्रयोगशालाका वीउ विकास अधिकृत कुल प्रसाद तिवारी,गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, कृषि स्नातक आविस्कार खतिवडा, कृषि प्राविधिक गोपाल लम्साल र शिखर ईन्स्योरेन्स कम्पनी हेटौडाका शाखा प्रबन्धक प्रमोद पोखरेलले सहजीकरण गरेका थिए ।

मकवानपुरगढी गाउँपालिका वडा न. ५ का अध्यक्ष दिपेश दाहालको अध्यक्षता र बिउ विजन प्रयोगशालाका वीउ विकास अधिकृत कुलप्रसाद तिवारीको आतिथ्यतामा कार्यक्रम समापन भएको हो । तालिम कमर्यक्रम तिलगंगा महिला बहुउदेश्यीय सहकारी संस्था मकवानपुरगढी ५, सिमलटारमा संचालन गरिएको थियो ।

कृषि समाचार समाचार समाज