चन्द्रागिरी डाँडामा मध्य चैतमा हिमपात

काठमाडौँ चन्द्रागिरी डाँडामा मध्य चैतमा हिमपात भएको छ । आज (शनिबार) चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरि हल्का हिमपात भएको हो ।

यसअघि माघ–फागुनमा चन्द्रागिरी डाँडामा हिमपात हुने गरेको भए पनि यो वर्ष भने पहिलो पटक मध्यचैतमा मात्र हिमपात भएको छ ।

आज देशका केही हिमाली र उच्च पहाडी भेगमा हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले वर्षा र हिमपात भएको मौसम विभागले जनाएको छ ।

समाचार