बागमती प्रदेश : आइतबार साँझसम्म मन्त्रीमण्डल बिस्तारको तयारी

हेटौँडा । बागमती प्रदेशमा आईतबार साँझसम्म मन्त्रीमण्डल बिस्तारको तयारी भएको छ । हाल खाली रहेको ७ वटा मन्त्रालयलाई पूर्णता दिनेगरि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय बिस्तारको तयारी सुरु गरेका हुन् ।



प्रदेशमा नेपाली कांग्रेसलाई ५ मन्त्रालय दिने करिब सहमति हुन लागेको मुख्यमन्त्री जम्कट्टेलले बताए । कांग्रेसलाई पाँच, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई एक–एक मन्त्रालय दिनेगरि तयारी सुरु गरिएको उनको भनाई रहेको छ ।
११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढाउने गरि मन्त्रालयको भागवण्डा मिलाउनेगरि मुख्यमन्त्रीले पहल गरेपछि कांग्रेसले माग गरेको ६ मन्त्रालयबाट घटाएर ५ दिनेगरि सहमति हुन लागेको हो ।

मन्त्रालय भागवण्डाको लागि निर्माण गरिएको कार्यदलले कुन मन्त्रालय कस्ले पाउने भन्नेबारे आज भोली बिहानसम्म टुंगो लगाउने तयारी गरेको छ । सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने जनाईएको छ । लामाले आर्थिक मामिला मन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने तयारी गरेका छन् ।

प्रदेश समाचार बागमती प्रदेश राजनीति