निम्न आय भएका २८ परिवारको वडा कार्यालयबाट स्वास्थ्य बिमा

२४ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा बसोबास गर्ने निम्न आय भएका २८ परिवारको वडा कार्यालयले निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

वडाका ८ ओटा टोल विकास संस्था र मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाई को सिफारिसमा स्वास्थ्य बिमामा सहभागी गराइएको हो ।

वडा कार्यालयको आव २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत वडाको विभिन्न लक्ष्यित कार्यक्रम शिर्षकमा विनियोजित रकम ६ लाख रुपैयाँ मध्येबाट स्वास्थ्य बिमा उप-शिर्षकमा वडाबाट विनियोजित रकम एक लाख रुपैयाँ भुक्तानी हुने गरि वडा समितिको बैठकले निर्णय गरेको वडा अध्यक्ष भागवत घिमिरेले बताउनुभयो ।

सिफारिसमा परेका तथा विपन्न निम्न आय भएका अन्य बाँकी परिवारको पनि पहिचान गरि आगामी दिनमा बजेटको सुनिश्चित गरि कार्यक्रमलाई आगामी दिनमा निरन्तरता गरिने वडा अध्यक्ष घिमिरेले बताउनुभएको छ ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य