रुकुम पूर्वमा सिस्नु टिप्न गएका दुई दिदीबहिनी मृत भेटिए

रुकुम पूर्वमा सिस्नु टिप्न गएका दुई दिदीबहिनी मृत फेला परेका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– ३, रन्माका १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालीमाया बुढामगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

दुई बालबालिका मृत भेटिएको खबर पाएपछि जिल्लाबाट डीएसपी अञ्जना श्रेष्ठ घटनास्थल पुगेकी छन् । मृत बालबालिका शुक्रबार सिस्नु टिप्न जंगल गएको तर नफर्किएको बताइएको छ । बिहीबार बिहान उनीहरू मृत अवस्थामा भेटिएका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

समाज