प्रहरीले अन्धाधुन्ध लाठी चलाउँदा शान्तिवाटिकामा दर्जनौँ मिटरब्याज पीडित घाइते

काठमाडौंको शान्तिबाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच झडप हुँदा दर्जनौँ मिटरब्याज पीडित घाइते भएका छन्। मिटरब्याज पीडितहरूको समूहला‍ई प्रहरीले मार्चपास गर्न नदिएपछि दुवै समूहबीच झडप भएको हो। प्रहरीले शान्तिवाटिका भित्रै गएर पीडितहरूमाथि कुटपिट गरेको थियो । झडपको क्रममा प्रतिवाद गर्दै प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फालेको थियो। प्रहरीले केही मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ ।   चर्को ब्याजका कारण आफूहरू मारमा परेको भन्दै सरकारसमक्ष ६ बुँदे माग राखेको मीटरव्याज पीडितहरूको टोलीले केही समययता राजधानीमा विरोध तथा धर्नाका कार्यक्रमहरू गरिरहेको छ।

समाचार