कतारविरुद्ध सोमपालको रवाफिलो बलिङ

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालका सोमपाल कामीले ३ विकेट लिएका छन्।

अहिलेसम्म उनले ६ ओभर बलिङ गर्दै १९ रन दिएर ३ विकेट लिएका छन्। एक ओभर डट बल फालेका थिए। सोमपालले इमाल मालिन्दा ६,मोहम्मद तनवीर शुन्य र मोहम्मद इक्रामुल्लाह ५ आउट गरेका हुन्।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारले १५ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर जम्मा ४७ रन बनाएको छ।

नेपालको ब्याटिङ राम्रो नचले पनि बलरहरूका कारण नेपाल जिततर्फ उन्मुख भएको छ। सन्दीप लामिछानेले २ र ललित राजवंशीले एक विकेट लिएका छन्।

खेलकुद