जिल्ला सहकारी संघको अवलोकन भ्रमण

४ जेठ २०८० ,हेटौंडा- मकवानपुर जिल्ला सहकारी संघको बिहिवार देखी ३ दिने सहकारी बजार अवलोकन भ्रमण शुरु भएको छ ।

भ्रमण अवधिमा विभिन्न सहकारीको अवलोकन गर्नुका साथै गोरखा , तनहुँ र लमजुङ सम्मको भ्रमण गरिने मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

भ्रमण दलमा मकवानपुरमा रहेका विभिन्न विषयगत सहकारी संघका अध्यक्ष र ब्यवस्थापकहरु समेत गरि २४ जनाको सहभागिता रहेको जिल्ला सहकारी संघ मकवानपुरका ब्यवस्थापक गोविन्द दाहालले बताउनुभएको छ ।

समाचार समाज सहकारी