अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) नामक संस्था गठन

४जेठ,हेटौंडा- अनलाइन मिडियाका सञ्चालकहरुको छाता संगठनको रुपमा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) को तदर्थ समिती गठन भएको छ । हेटौंडामा बिहिवार (आज) आयोजित अनलाइन सञ्चालकहरुको भेलाले ओमानको तदर्थ समिति गठन गरेको हो ।

भेलाबाट खबरब्रेक अनलाइनका सञ्चालक धर्मेन्द्र दाहालको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा हेटौंडा खबरका सञ्चालक रवीन्द्र गौतम, उपाध्यक्षद्वयमा पालिका डायरीका सुनिता विष्ट र हजुरको खबरका रुपक कालिराज, महासचिवमा नेपाल कलमका उज्वल अधिकारी, सचिवद्वयमा हेटौंडा टुडेका मनोज देवकोटा र रातो समाचारका राजेश थापा तथा कोषाध्यक्षमा साझापत्रका प्रवेश धिताल चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अखबार हवका सञ्चालक दीपेश दाहाल, शुभसमय डटकमका गोविन्द तिमल्सिना र थाहापानाका भूपेन्द्र राना चयन हुनुभएको छ ।

यो केन्द्रिय समितिका रुपमा गठन गरिएको हुँदा समितिमा हाल ११ सञ्चालक रहेको र आवश्यकताको आधारमा थप केही सञ्चालकहरुलाई कार्यसमितिमा ल्याइने अध्यक्ष दाहालले बताउनुभयो ।

भेलामा सहभागीहरुले अनलाइनमा प्रसारित समाचार विश्वासनीय र पठनयोग्य हुनुपर्ने भन्दै मिडिया सञ्चालक यसमा सचेत हुनुपर्ने बताएका थिए । भेलामा मकवानपुरका ३० भन्दा बढी अनलाइन मिडिया सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

समितिको पहिलो बैठक बिहिवार नै बसेको छ । बैठकले संस्थाको विधान तयार पारी यसै आर्थिक वर्षमा सम्बन्धित निकायमा दर्ता गर्ने निर्णय गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

मुख्य समाचार रोचक समाचार समाज