हेटौंडामा प्लास्टिक झोला प्रयोग नगर्न र प्रतिबन्ध लगाउन सरोकारहरू एकजुट

१८ जेठ,हेटौंडा- विश्व वातावरण दिवस- २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित ४० माईक्रोन भन्दा कमको प्लाटिक प्रतिबन्ध सम्बन्धमा सरोकारवालाहरू संग अन्तरक्रिया सम्पन्न भएको छ ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा विज्ञ राममाया श्रेष्ठले प्लास्टिक र यसले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा प्रस्तुति गर्नु भएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवम् समितिका सल्लाहकार ज्ञान बहादुर थापा, वातावरण समितिका सदस्य रंजिता सिलवाल, सल्लाहकार श्याम प्रसाद श्रेष्ठ, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, गैर सरकारी संस्था महासंघका सहसचिव गोकर्ण तिवारी लगायत, प्लास्टिक व्यवसायमा संम्लग्न व्यवसायिहरूको उपस्थिति रहेको टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिवहरि दाहालले जानकारी दिनुभयो ।

सहभागिहरूले हेटौंडालाई सुन्दर, सफा र नमुना लायक हेटौंडा बनाउन प्लास्टिकको झोला तत्काल प्रतिबन्ध लगाउनु पर्ने र सो को लागि सम्पूर्णको सहयोग र सहभागिता रहने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

सहभागीहरूले तत्काल हेटौंडा प्लास्टिकको झोला प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिएका थिए ।

मुख्य समाचार समाचार समाज