गर्मी बढेपछि मकवानपुरगढीका विद्यालय पनि एक साताका लागि बन्द

२१ जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण बिद्यार्थीलाई बिद्यालयमा गएर पढ्नका लागि समस्या भएपछी गाउँपालिकाको आज बसेको बैठकले विद्यालय गर्ने निर्णय गरेको हो ।

भोलि जेठ २२ गतेदेखि २६ गतेसम्म हिउँदे बिदा वा वर्षे बिदाबाट कट्टा हुनेगरी बिद्यालयहरु बन्द गरिएको पालिकाले आज जारी गरेको सुचनामा जनाइएको छ ।

यस अघि मकवानपुर कै हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका सम्पुर्ण बिद्यालयहरु पनि एक साताका लागि बन्द गरिएका छन् । दुवै पालिकाका सामुदायिक तथा निजी बिद्यालयहरु एक साताका लागि बिदा दिइएको हो ।

आज देखि एक साताका लागि बिद्यालय बन्द गरिए पनि पानी परेको दिनबाट फेरी अर्को सूचना निकालेर पठनपाठन सुरु गरिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

मुख्य समाचार शिक्षा समाचार स्थानीय