उखरमाउलो गर्मीले हेटौँडाको जनजीवन प्रभावित

केही दिनयता मुलुकका अधिकांश क्षेत्रको तापक्रम ह्वात्तै बढेको छ । १० दिनदेखि गर्मी बढेपछि जनजीवन प्रभावित हुनुका साथै जिल्लाका विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

गर्मीका कारण दिउँसो सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ । बिहान ८ बजेदेखि चर्को घाम बेलुका ६ बजेसम्म चल्ने गरेपछि सडकमा मानिस पातलिएका छन् । तातो हावा र चर्को घामका कारण आम सर्वसाधारणलाई दैनिक काम काज गर्न र हिँडडुल गर्न निकै असहज बनेको छ।


अत्यावश्यक काम बाहेक सर्वसाधारणबाहिर निस्किएका छैनन् । गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, वृद्ध र दिनभरि काम गरेर खाने मजदुरहरूलाई प्रभावित पारेको छ ।

यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । तापक्रम बढेर पठनपाठनमा समस्या भएपछि जिल्लाको हेटौंडा उपमहानगरका १९ वटै वडाका सामुदायिक तथा निजी बिद्यालयहरु ६ दिनका लागि बन्द गरिएको छ ।

यस्तै, पानी नपर्दा किसानले लगायतका बेमौसमी बाली, तरकारीहरू समेत सुक्न थालेपछि किसान थप चिन्तामा परेका छन् । त्यसैगरी दिनभर मजदुरी गर्ने निम्न आए भएका सर्वसाधरण सबैभन्दा बढी प्रभावित बन्दै गएका छन् ।

अत्यधिक गर्मीले जिल्लामा सबैभन्दा बढी झाडापखालाका बिरामी बढेका छन् ।

समाज