भोलि सोमबार देखि मकवानपुरगढी गाउँपालिकाको सबै बिद्यालय पाँच दिन बन्द

भोलि देखि शुक्रबार सम्म मकवानपुरगढी गाउँपालिकाको सबै बिद्यालय पाँच दिन बन्द गर्ने निर्णय भएको छ । केही दिन देखि भएको अत्यधिक गर्मीका कारण प्रतिकुल अवस्था सिर्जना भई जनजीवन प्रभावित भैरहेको र बालबालिकाहरुको विद्यालय आवागमनमा समस्या तथा पठनपाठनमा प्रतिकूल असर परिरहेकोले मकवानपुरगढी गाउँपालिकाका सबै विद्यालय तथा शैक्षिक सस्थाहरु भोलि सोमबार देखि पाँच दिनका लागि बन्द गरिने निर्णय गरिएको छ ।

पालिकाले आज सुचना जारी अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वाथ्यमा विभिन्न खाले समस्या देखिएपछि वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका दिईएको सूचनामा उल्लेख छ।

शिक्षा समाज