मेयर बालेनले राखे आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को नक्सा सार्वजनिक गरेपछि मेयर शाहले ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

तीन दिनअघि बालेनको कार्यकक्षमा नक्सा राखिएको उनको सचिवालयले जानकारी दिएको छ । बालेन हाल श्रीमतीको उपचारका लागि भारतमा छन् ।

मेयर शाहकै निर्देशनमा महानगरमा ‘ग्रेटर नेपाल ‘को नक्सा राखिएको बुझिएको छ ।

सरकारले समेत ‘अखण्ड भारत’को नक्सामा विषयमा केही बोल्न नसकिरहेको अवस्थामा मेयर बालेनले ग्रेटर नेपालको नक्सा सार्वजनिक गरेपछि उनको चर्चा सुरु भएको छ ।

ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म समेटिएको छ ।

मुख्य समाचार राजनीति