कमल थापा नेतृत्वको राप्रपा नेपालले भोलि विरोध प्रदर्शन गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको जनवर्गीय संगठनहरुले संयुक्त रुपमा नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

भोलि शुक्रबार दिउँसो २ बजे बबलमहलमा जम्मा भेला भएर जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

कोणसभालाई पार्टी अध्यक्ष थापाले सम्बोधन गर्ने बताइएको छ ।

राजनीति