हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि धरानका मेयर साम्पाङले पनि आफ्नो कार्यकक्षमा सो नक्सा राख्ने जनाएका छन् ।

बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको सार्वजनिक भएपछि हर्क साम्पाङले सामाजिक सञ्जालमा लेख्दै आफ्नो कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राख्ने बताएका हुन् ।

‘बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ । अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ ।’ साम्पाङले भनेका छन्

मुख्य समाचार राजनीति