हर्क साम्पाङले धरानबासीका लागि खानेपानी ल्याएरै छाडे

धरान । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा निवार्चित हर्क साम्पाङले निर्वाचनमा धरानबासी समक्ष गरेको पहिलो बाचा पूरा गरेका छन् ।

मेयरमा निर्वाचित हुने बितित्कै उनले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या हल गर्ने बताएका थिए ।

उनको पहिलो बाचा गएराति १२ः३ बजे पानी ल्याउने परीक्षण सफल भएको छ । अर्थात साम्पाङले कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् ।

पानी ल्याउन परीक्षण सफल भएपछि मध्यरातमा उनी भावुक देखिएका थिए । पानी ल्याउनकै साम्पाङसँगै धरानबासी रातभर जाग्राम बसेका थिए ।

धरानबासीको लागि खानेपानी ल्याउन सफल भएका साम्पाङलाई अहिले सामाजिक सञ्जालमा धेरैले बधाई दिइरहेका छन् ।

मुख्य समाचार