भोलिदेखि काठमाडौंका हलमा भारतीय चलचित्र चलाउन रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार नै निर्णय लिएको बताएका छन् ।

बालेनले सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, चलचित्रबाट अहिलेसम्म उक्त संवाद हटाइएको छैन । नेपालको सेन्सर बोर्डले ‘भारत’ शब्द काटेर नेपालका प्रदर्शनको अनुमति दिएको थियो ।

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनले बताएका छन् ।

फेसबुकमा बालेनले लेखेको स्टाटस –

मुख्य समाचार समाचार समाज