मकवानपुरगढीमा भएको बुद्धिचाल प्रतियोगिताको उपाधि हुमागाईलाई

२ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका स्तरिय बुद्धिचाल प्रतियोगितामा नवराज हुमागाई प्रथम भएका छन् । मकवानपुरगढी गाउँपालिका बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा उद्धव प्रसाद सापकोटा द्धितिय, राजकुमार योन्जन तृतिय, दिवश दुलाल चौथो र दिपक तिमल्सिना पाँचौ भएका छन् ।

प्रतियोगितामा प्रथम ,दितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश १० हजार ,५ हजार , ३ हजार र ५ सय रुपैया सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा जमुना सापकोटा महिला तर्फ उत्कृष्ट, बिप्सना देवकोटा महिला तर्फ सान्त्वना ,भरत प्रसाद फुयाल ५२ बर्ष माथि , आर्जन हुमागाई १५ बर्ष मुनी उत्कृष्ट भएकोले रु १ – १ हजार रुपैया प्रदान गरिएको छ । कृष्ण थापा रेफ्री रहनु भएको प्रतियोगितामा ३६ जनाको सहभागिता रहेको थियो ।

मकवानपुरगाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेको प्रमुख अतिथ्यता र मकवानपुरगढी बुद्धिचाल संघका अध्यक्ष उद्धव प्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त अवसरमा वडा अध्यक्ष भागबत घिमिरेले प्रतियोगितामा बिजयी भएकालाई बधाई दिदै प्रतियोगितालाई आगामी बर्ष पनि निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतियोगिता संचालन गर्न ३ नम्बर वडा कार्यालयले ५० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

प्रतियोगिता संचालनमा सहयोग पुर्याएको भन्दै मकवानपुरगढी गाउँपालिका कार्यालय ,३ नम्बर वडा कार्यालय लगायत बिभिन्न संघ संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव तथा वडा सदस्य बिदुर हुमागाईले गरेका थिए ।

खेलकुद मुख्य समाचार रोचक समाचार समाज