हेटौंडामा दुइ दिने युवा सम्मेलन सुरु, यो सम्मेलनलाई प्रदेशको पुँजीका रुपमा लिएको मन्त्री मुक्तानको भनाइ

हेटौंडा । हेटौंडामा दुइ दिने बागमती प्रदेश युवा सम्मेलन सुरु भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा दुइ दिने सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन् गर्दै बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले यो सम्मेलन प्रदेश सरकारको पुँजीका रुपमा आफुले लिएको बताउनुभयो ।

दुइ दिनको छलफलपछी प्रदेशका युवाहरुको सुझाबलाई प्रदेश सरकारले ग्रहण गर्ने उहाँले बताउनुभयो । यो देशमा युवाहरुलाई यही राख्नुपछृ र सरकारले के गर्न सक्छौ त्यही गर्ने मन्त्री मुक्तानले बताउनुभयो । प्रदेशभरीका युवाहरुका लागि नीति बनाउनका लागि यो कार्यक्रम प्रभावकारी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले युवाहरुका नीम्ती बजेट र नीतिमा प्रदेश सरकार देखीनुपर्ने बताउनुभयो । प्रदेश सरकारले भइरहेका युवाहरुलाई यही रोक्ने र बिदशीएका युवाहरुलाई फर्काउने नीति ल्याउन सुझाब समेत दिनुभयो । कार्यक्रममा अर्का प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले यो मुलुकलाई राम्राृ बनाउनका लागि युवाहरुको साथ आवस्यक रहेको बताउनुभयो । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणा अनुसार १ सय ५० युवाको सहभागिता रहेको छ ।

प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना र अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र १५ जना सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका युवाहरु सहभागि भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो ।

सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यकहरु सम्मेलनमा सहभागि छन् ।
युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको उहाँले बताउनुभयो। प्रथम पटक आयोजना हुन लागेको सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिकोरुपमा सहभागी गराएको उहाँले बताउनुभयो । सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसंग अन्तरक्रिया गरेका छन् ।

दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिएको छ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् साँचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नुहुनेछ । कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो ।सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नुहुनेछ । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुनुहुन्छ ।

सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नुहुनेछ । उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना सावले अन्तरक्रिया गर्नुहुनेछ । डा कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक हुनुहुन्छ भने साख्व युवा उद्यमी हुनुहुन्छ ।

यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्नुहुनेछ । कार्यत्रधmमको उद्घाटन् सत्रमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक किरण राणा लगायतकाको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार समाचार