मकवानपुरको बागमतीमा बिल, भपाइ बिनानै १८ लाख निकासा, उपभोक्ता समितिको प्रगोग गरेर सामान खरिद

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बिल भपाइ बिनानै रकम निकासा गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७८–०७९ को प्रतिवेदन हालसालै सार्वजनिक गर्दै गाउँपालिकाको पूजिगत खर्च र संघीय ससर्त अनुदान रकम १८ लाख ७ हजार ७६० रुपैयाँको रकम निकासा गर्दा बिल भपाइ बिनानै निकासा गरिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यस विषयमा महालेखाको प्रतिवेदन यस्तो छ ।

यसैगरी बागमती गाउँपालिकाले उपभोक्ता समितिको प्रयोग गरेर सामान खरिद गरेको पाईएको छ । गाउँपालिकाले पाइप खरिद गर्दा उपभोक्ता समितिको नाममा खरिद गरेको हो ।

कुनैपनि सामान खरिद गर्ने काम उपभोक्ता समितिबाट खरिद गर्न पाउने कानूनी व्यवस्था छैन । तर, गाउँपालिकाका हाकिम देखि प्राबिधिक सम्मको सेटिङमा उपभोक्ता समिति मार्फत पाइप खरिद गरिएको हो । उपभोक्ता समिति मार्फत पाइप खरिद गरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

यस्तो छ प्रतिवेदन ।

यसैगरी गाउँपालिकाले पाडा, पाडी तथा बंगुर वितरणको काममा पनि कानूनलाई वेवास्ता गरेर खरिद गरिएको पाइएको छ । कुल १२ लाख ९ हजार ३ सय ८५ रुपैयाँमा खरिद गरिएको पशु तथा चौपाया खरिदमा सरकारी नियम नपुर्याइकन खरिद गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।

यस सम्वन्धमा महालेखाको प्रतिवेदन यस्तो छ ।

समाचार