ललिता निवास संरक्षणका लागि पुग्यो महानगर प्रहरीको टोली

बहुचर्चित सरकारी जग्गा घोटला काण्डको रुपमा परिचित बालुवाटारस्थित ललिता निवासमा काठमाडौं महानगरपालिका प्रहरीको जम्बो टोली पुगेको छ।

ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आज (आइतबार) काठमाडौं महानगरका मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन्। 

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा ललिता निवासमा नगर प्रहरी पुगेको छ। पाण्डेले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण रोक्ने काम गर्ने थाहाखबरसँग बताए। 

अहिले नगर प्रहरीले ललिता निवासको सरकारी जग्गामा स्थलगत निरिक्षण गरिरहेको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए। उनका अनुसार निरीक्षणपछि सरकारी जग्गा संरक्षणका लागि तारबार गरिनेछ।

मुख्य समाचार